शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत छ !

चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत छ !

  • शनिबार, अशोज २५, २०७६
चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत छ !

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंलाई सजाइएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपराह्न काठमाडौं आइपुग्नेछन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गर्नेछन् ।

त्यहाँबाट सी सोल्टी होटलमा जानेछन् । विमानस्थलबाट होटलसम्म जाने सडक कालोपत्रे गरिएको छ, विद्युतको पोलपोलमा दुवै देशका राष्ट्रपतिको तस्वीरहरु टाँगिएको छ । सडकहरुमा स्वागतद्वारहरु बनाइएको छ । सडकका मेडियन तथा पेटीहरुमा गमला राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार