शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • दशैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

दशैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

  • शुक्रबार, अशोज २४, २०७६
दशैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

दशैँ मनाएर काठमाण्डौँ फर्कदैँ गरेका यत्रुहरु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन्। सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाको छ।

घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ७० यत्रुहरुमध्ये अधिकांश घाइते सबैलाई प्रहरी, स्थानीयलगायतको सहयोगमा उद्धार गरी विभिन्न अस्पतालमा लैजाने काम भइरहेको छ।

दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको छ। बस दुर्घटनाको कारण भने खुल्न नसकेको र सोबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार