दयाराम पण्डित
स्वतन्त्र पत्रकार
सहकारी सिशद्धान्त , मुल्य मान्यता र पत्रकारिताको मुलयमान्यता आचारसंहिता तात्किरुपमा रुपमा दलीय राजनीति भन्दा पृथक छन्। लोकतन्त्र विनाको प्रकारिता र आर्थिक सामाजिक समृद्धी बिनाको लोकतन्त्र सम्भव छैन । कलेजको पढाई आदाआदीमा पत्रकारिता सुरु गरें र त्यसपछि सहकारिता पनि सूरु गरें । मलाई आत्मै देखि थियो “रोजीरोटी नपाएका लागि सहकारिता र आवज विहिनका लागि पत्रकारिता” गर्नुपर्छ । बाजुरामा त्यो अनिवार्य थियो कुनै न कुनैले होमिन आवस्यक थियो त्यो वेलामा । रहर अनि बाध्यताबस पनि जानीनजानी पत्रकारिता पेशामा लागें । मलाई पत्रकारितामा लाग्न अभिप्रेरित गर्ने विविसि सम्वाददाता उमिदवाग्चन्द बाजुराका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, रेडियो नेपालका समाचार प्रमुख शुसिल कोईराला र कृष्ण खत्री अनि तत्कालिन माननीयको हैसियतले जनकराज गिरी प्रति कृतघ्न छु आधभारि छु । त्यसैगरी केही समय पछि सहकारी बारेमा जानकारी गराउने आदरणीय गुरु केयर नेपालका आरडिओ सितेस तिवारी प्रतिपनि नतमस्तक छु । मालिका टाईम्स दर्ता गरी सम्पादक भईयो, हिउचुली पत्रिका प्रकासन गरियो । जिल्ला वाहिरका मिडिका लागि त न्युज एजेन्सीका रप्मा काम गरियो स्वतन्त्र पत्रकारिताको मोजा अर्कै ।
पत्रकारिता सुरुगरेको दुुई दशक सम्म बाजुराको पत्रकारिताको नेतृत्व समालियो । अन्ततः त्यो साझा संगठन थियो सबै अटेका थिए । अलिअलि दलीय राजनीति प्रभाव थियो मेले राजनीतिक वाठो हुंन खोज्दा मैमाथि प्रहार भयो । महांसंघ बुुझायो भन्ने आरोप आयो ।मैले खेपिरहे । त्यो मेरो एन्जीओ थिएन किनकी त्यसकै नाममा महल ठडेयाउने दिदी वहिनी भाईछोरा लाई पालिराख्न आफु अध्यक्ष भैराख्ने । त्रिबेणी सहकारी स्थापना गरियो २६५० रुपैंयामा अव अहिले जिल्लाकै आसभरसाको केन्द्रका रुपमा हेरिन्छ । राष्टबाट पुरस्कृत छ । त्यस पछि साझा संगठन जिल्ला सहकारी संघ गठन गरियो त्यसकमा पनि नेतृत्वदायी भुमिका निर्वाह गरियो । सकुसल स्वभाविकैले नेतृत्व हस्तान्तरण गरियो । पछिल्लो समयमा सहकारी मार्फत रेडियो खोल्न पर्छ भन्दै शिर्षस्थ नेता जी हरुको शुुझाव आयो सहयोग पनि प्राप्त भयो । ईकडी ,कवाडी ,लैफु थमलेखमा एक सदस्य एक रेडियो सेटको अवधारणामा चन्द्र बहादुर शाह जी मेरो सक्रियतामा डोटी हुंदै काठमाण्डौं पुगियो ।
जिल्लाभर कार्यक्षेत्र भएको एकमात्र सञ्चार सहकारी खोल्न धेरैप्रयास पहल गरियो । हप्ता दिनमा दर्ता गरें । साथीहरु आआफ्नो काममा थिए । हाम्रो अभिष्ट उद्येश्य त रेडियो खोल्ने थियो । जिल्लामा १३ लाख रुपैंया शेयर बचत थियो कांहावाट भयो २६लाख रुपैंया जम्मा गरियो । लाइसेन्स प्राप्तीका लागि आदरणीय नेता जनकराज गिरी लागि पर्नुभयो । जिल्लाको ब्यबस्थापनमा म आफै लागें । जेठमा रेडियोको लाईसेन्स निकाल्यों अषाढमा सामान खरिद गर्न लाग्यौं । म सामानका लागि दौडिदै गर्दा एक जना परममीत्रले दयारामले रेडियो वनाउने हैन रकम लिएर भाग्दै छ भन्ने सुनाए आखिर पछि थाह भयो जप्ने उहांनै हुनुहुंदोे रहेछ । जेठको लईसेन्स प्राप्त साउन सामान बाह्रविस झारें । त्यतिवेला मार्तडी सम्म बाटो थिएन मेखराज जी र श्रीचन्द्र भाई लागेर भरिया लगाएर मार्तडी सामान ओसारें । अषाढमा प्रसाण हुने रेडियो त्यतिवेला आर्मीका मेजरसाहेवले भाई भाई भनेर फसाृनुभयो । टावर राख्न दिनुुभएन । अन्तमा तत्कालिन पार्टी सभापति मानवहादुर रावलले सिडिओ र मेजरसंग घम्साघम्सी गर्नभयो । अन्तमा सिडिओले भन्नुभयो दयाराम जी तपाईको वारे बुंझे टावर अलि तल पट्टी सोरेर गाड्नुस त्यसको जवाफ म दिन्छु भने पछि म बाहिर थिए तत्कालीन सहकर्मी पदम वडुवालले निकै सक्रियाता देखाउनुभयो र रेडियोको टाउर ठड्याईयो ।
अन्तत्वगत्वा २०६९ असोज १३ गते सांझ रेडियो पौरखीको उद्घाटन गराईयो । त्यही सांझ मलाई एक जना नेताजीले फोन गर्नुभयो मार थर्काउनुुभयो । मैले भने भोली फोन गरौंउला अहिले राख्नुुस ।तर , अन्तिममा उहांले भन्नुभयो तंलाई ०मा झार्छु । मैले त्यसै दिन सोचेको थिएं म पार्टीको चुंगुलमा फसेछु । तत्कालिन (२०६१) सिडिओ डुल्लुवस्नेत र प्रहरी नायब उपरिक्षक शुदिप आचार्य आर्मीका मेजरेले हामीलाई (हरी ,म र अर्जुन जी )रानीवनमा लिएर सिध्याउने खेल भन्दा पार्टीको महांचुंगुलमा म फसेछ भन्ने डर लाग्यो । त्यती हुंदै गर्दा २०६९ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेता अर्जुन नसिंंह केसीको प्रमुख आथित्यमा रेडियो औपचारिक रुपमा उद्घाटन गराईयो । तत्कालिन जिविस प्राङ्गण भरिभराउ भयो । त्यसले स्वच्छ प्रतिसपर्धा गर्ने अन्य संचार माध्यामलाई सकरात्मक उर्जा दियो । तर ममाथि आन्तरिक हमाला भयो । त्यसपछि रेडियोमा काम गर्ने साथीहरु पनि विभिन्न निहुं र बहाना वनाउदै अटेरी हुन थाले त्यो भन्दा अघि बहिनी मना कुंवर र शुसिला जीले रेडियोका लागि गरेको योगदान म कहिलै विसिंन्न त्यसैगरी श्रीचन्द्र पाध्याय पनि अविस्मरणीय पात्र हुन् । टांटेका हेम राज र कोल्टीका गौरीलाल पनि कर्मचारीमा सहयोगी थिए । अघिल्लो रात पांच सय रुपैंया मा तिन सयको शेयर लिने भोलिपल्ट हामी पनि यो संस्थाको शेयर हौं भन्ने धम्की आयो । अव फेरी कुछ हुन्छ भन्ने लागेको थियो । त्यसपछि स्टाप पनि मदेखि टाडिदै गए ।
तिनलाखको ट्रान्समिटर नौलाखमा ल्यायो द्यध् को टन्सफरम भन्ने हल्ला चलाए छानमिन समिति गठन गरे प्रतिवेदन लेखे । त्यसको मुल चुरो थियो । कसैलार्ई कार्यसमितिमा नल्याएको। कसैलाई रेडियो उद्घाटन्मा बोल्न नपाएको र कसैलाई उनका अलग खेमाका मान्छे वाट उद्घाटन गराएको कसैका समाचारमा नाम नआएको आदि ईत्यादि । । मैले विबादमा बस्नुभन्दा सूरुवात भएको छ चलाउनुस भनेर नेताजीलाई प्रस्ताव गरे मान्नुभएन। लाजकाज म फेरी गएं । सातवर्षमा हजार वडि एपिसोट मआफैले समयचक्रका नाममा चलाएं । समचार म आफैले कतिलेखे त्यो मलार्य नि थाह छैन । घरको टेलिफोन, ल्यापट दिए कुर्सि दराज दिएं तर, केहीले गफ मात्र दिएका थिएं । ”उज्यालो दिने प्रण हो भने टुक्की त बल्नै पर्छ । “ देबी खत्रीले घर दिनुभयो रुद्रथापाले स्टुडियोको लागि घर दिनुुभयो । दर्जनौ पत्रकार उत्पादन भए । दर्जनों सहकारीकर्मी उत्पादन भए । मैले गाली खाई रहे। माओवादी सालाजीलार्य रेडियोमा राखि भनेर आरोप आईरह्यो उनैले त्यही रेडियोको लागि जग्गा किन्ने पैशा जुटाए। उनैले सबै स्टाफलाई तलभ ख्वाए । थोरै भएपनि ब्याजको मुनाफा लिए । युवा स्वरोजगारवाट ऋण ल्याइयो रेडियो चलार्ययो । गरी खाउ भनेर कोल्टी मार्तडी र फालासैनमा रेमिटेन्स चलाईयो तर, आन्तरिक खिचलोले टाउकोमा आउने सन्त्रास भयो । साथीले छोडे । समितिमा रहंदा एक्लै ले चलाउनुपर्ने बाध्यता आयो । पटक पटक बैठक वोलाउँदा नहआउने एक्लैले ईनिसेन लिदा दयारामको कम्पनी भन्ने आरोप आयो । ढिलो भयो साधारणसभा गर्दा । दर्जनौं साथी संग भगडा भयो । हुनेखानेवालाबाट शेयर फिर्ता भए। आफैले चलाएको रेडियोको लाई दिनुसुचना कटौती गरिए , सडकछापमा नानाथरी का कुराकाटे। कर्मचारीलाई भड्काए । एउटा सामाचार मा नाम नआए त्यरा वाउको हो ? भन्ने गालि गलौज आए । प्रस काउन्सलिमा मुद्धा परे । अदालतमा मुद्धा हाल्लन प्रयत्न भए । ममाथि हरेक खालका हत्गण्डा हुदै गर्दा कां गए सहकारीका शेयर सदस्य ? कां गए ति झुण्डका नेता ? त्यसैले देशमा नसकेपनि वाजुराको माटोमा आमा वुवाको आर्शिवादले संस्थापकीय काम गरेको छु । म संग असल मीत्र पनि छन् उहांहरुको संगतले म अझै केही नयांकामको सूरवात गर्ने छु। त्यसपछि त्यो पनि तपार्यलाई सकुसल हस्तान्तरण गर्नेछु । म यति मात्रकी मैले दशनँग्रा खियाएर विवेक र परिश्रामगरेर कमाएको मेरो ब्यक्तीगत सम्पति मात्र सहजै हस्तान्तरण गर्न सक्दैन । अरु सबै हस्तान्तरण हुने छन्। ढुक्क रहनुहोला ।
नेतृत्व हस्तान्तरण गर्नु स्वभाविकै हो यसमा मेरा शुुभचिन्तकले कुनै गुन्जायस नमान्नुहोला । हाललाई म सहकारी र रेडियोको कुनैपनि भुमिकामा हुने छैन । यति भन्दै गर्दा स्वतन्त्र पत्रकारित ागर्ने पत्रकारका पक्षमा म कपालमा कफन बांधेर तापाईको साथमा हुने छु । मलाई पत्रकारिता र सहकारितामा पार्टिको लोगो नभिडाउन अनुरोध गर्दछ, मेरो आवस्यकता छ भने स्वतन्त्र पत्रकारिता र सहकारीका मुल्यमान्यता सिशद्धान्त विपरित बाहेक मेरो साथ रहेने छ । पौरखी विकास सञ्चार सहकारीको नया नेतृत्वलाई हार्दिक हार्दिक बधाई ज्ञापन गरें । पार्टीको नासो विधिसम्मत पार्टीलाई बुुझाएं हांसी खुसी सहकारी र रेडियो चलाउनुहोला । रेडियोकै कारण नबोल्ने मीत्रले भोलि देखि मसंग बोलिदिने प्रयत्न गर्नु होला म हात मिलाउन आउँला हात दिनुहोला । हाई सन्चो मान्नुुहोला । धन्यावाद ।