• होमपेज
  • कर्णाली प्रदेश
  • गर्भवती महिलाकाे कोल्टीबाट हवाई उद्धार

गर्भवती महिलाकाे कोल्टीबाट हवाई उद्धार

  • सोमवार, असार ८, २०८३
सेयर गर्नुहोस् :
गर्भवती महिलाकाे कोल्टीबाट हवाई उद्धार
फाइल तस्विर

बाजुरा— बाजुराको काेल्टी अस्पातलबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। जगन्नाथ गाउँपालिका–५ की २३ वर्षीया विपना सार्कीको स्वास्थ्य अवस्था जटिल बनेपछि कोल्टीबाट हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको हो।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सार्कीलाई उपचारका लागि कोल्टी अस्पतालमा ल्याइएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा अवस्था जटिल देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको जनाइएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विपना सार्कीको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभावका कारण जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचार उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।

चर्चामा

सम्बन्धित समाचार