• होमपेज
  • देश/प्रदेश
  • कांग्रेस–एमालेलाई रविको सुझाव : आफ्नो दलको अप्ठेरा सुल्झाउनुहोला

कांग्रेस–एमालेलाई रविको सुझाव : आफ्नो दलको अप्ठेरा सुल्झाउनुहोला

  • आइतवार, असार ७, २०८३
सेयर गर्नुहोस् :
कांग्रेस–एमालेलाई रविको सुझाव : आफ्नो दलको अप्ठेरा सुल्झाउनुहोला

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् ।

पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’

आफ्नो दलमात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार