बिहिबार, असार ४, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुराको ऐतिहासिक पहिचान जोगाउन मार्तडीमा संग्रहालय निर्माण हुने

बाजुराको ऐतिहासिक पहिचान जोगाउन मार्तडीमा संग्रहालय निर्माण हुने

  • बिहिबार, असार ४, २०८३
सेयर गर्नुहोस् :
बाजुराको ऐतिहासिक पहिचान जोगाउन मार्तडीमा संग्रहालय निर्माण हुने
तस्विर एआइ
बाजुरा–  बाजुरा जिल्लामा ऐतिहासिक संग्रहालय स्थापना गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत बाजुरा सदरमुकाम मार्तडीमा संग्रहालय स्थापना गर्ने योजना अघि सारेको हो। प्रदेश सरकारको सार्वजनिक बजेट वक्तव्यअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत बाजुरा ऐतिहासिक संग्रहालय निर्माणका लागि दश लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त संग्रहालय स्थापना भएपछि जिल्लाको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्िवक महत्वका सामग्रीहरूको संरक्षण, प्रवद्र्धन तथा प्रदर्शनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
बाजुरा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले धनी जिल्ला मानिन्छ । जिल्लामा रहेका प्राचीन दरबार, मन्दिर, धार्मिक स्थल, पुराना हस्तकला सामग्री तथा विभिन्न समुदायका सांस्कृतिक सम्पदाहरूलाई संरक्षण गरी भावी पुस्तासम्म पुर्‍याउन संग्रहालय महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ । संग्रहालय स्थापना भएपछि बाजुराको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सहयोग पुग्नेछ भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले प्रदेश सरकारको यस निर्णयलाई बाजुराको ऐतिहासिक पहिचान संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका छन् ।  उनीहरूले संग्रहालय निर्माण कार्यलाई समयमै सम्पन्न गरी जिल्लाको गौरव बढाउने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। प्रदेश सरकारको बजेटमा समेटिएको यो योजना कार्यान्वयनमा आएपछि बाजुराको इतिहास, संस्कृति र सम्पदालाई एकै स्थानमा संरक्षण तथा प्रदर्शन गर्ने दीर्घकालीन आधार तयार हुने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार