• होमपेज
  • अर्थ/वाणिज्य
  • सुदूरपश्चिममा सत्ता पक्षमै बजेट विवाद : बजेट स्वीकृत गर्न अझै बस्न सकेन मन्त्रिपरिषद्को बैठक

सुदूरपश्चिममा सत्ता पक्षमै बजेट विवाद : बजेट स्वीकृत गर्न अझै बस्न सकेन मन्त्रिपरिषद्को बैठक

  • सोमवार, असार १, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिममा सत्ता पक्षमै बजेट विवाद : बजेट स्वीकृत गर्न अझै बस्न सकेन मन्त्रिपरिषद्को बैठक

सरकारले ५ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तय गरे पनि यो समाचार तयार गर्दासम्म मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पस्तुत गर्न ५ बजेको कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म मन्त्रिपरिषद्को बैठकसकमेत बस्न सकेको छैन।

मन्त्रिपरिषद् बैठकका लागि एमालेका मन्त्रीहरू नआएपछि बैठक बस्न नसकेको हो। बजेट निर्माणमा असहमति जनाउँदै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगयात मन्त्रीहरूले आइतवार बसेको प्रदेश सभा बैठकसमेत बहिस्कार गरेका थिए।

आइतवार आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रदेशको आर्थिक सेर्वेक्षण पेस गरेका थिए। बजेटमा चित्त नबुझाएका कारण एमाले संसदीय दलका नेता रावल, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउँदले आइतवार बसेको संसदको बैठक बहिस्कार गरेको स्रोतको दाबी छ।

मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्को बैठक राख्ने प्रयास गरे पनि एमालेका मन्त्री बैठकमै नआउने भएपछि बैठक बस्ने कुरा अनिश्चित बनेको हो। एमाले संसदीय दलले भने केन्द्रको निर्णयअनुसार कदम चाल्ने संकेत गरेको छ। स्रोतका अनुसार एमालेले पार्टी केन्द्रको निर्देशन नआउँदासम्म मन्त्रिपरिषद्को बैठकमा सहभागी नहुने मनस्थिति बनाएको बताइन्छ। मन्त्रिपरिषद्कै बैठक बस्न नसकिएको बेला प्रदेश सरकाले बजेट प्रस्तुत गर्ने समयसमेत अनिश्चित भएको छ।

चर्चामा

सम्बन्धित समाचार