
बाजुरा–बाजुरामा एक महिलामाथि भान्छाकोठामै धारिलो हतियार (चक्कु) प्रहार भएको छ । सोमबार राति साढे १ बजेको समयमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईमा अज्ञात समूहले ३६ वर्षीया ठुमरा बिष्टमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । बिष्टमाथि सुतिरहेको अवस्थामा २–३ जनाको अज्ञात समूहले उनलाई भान्छाकोठामा बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट घाइते भएकी बिष्टलाई प्रहरीको टोलीले कोल्टी अस्पताल पुर्याएको थियो । त्यहाँ समान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अहिले उनको अवस्था मध्यम रहेको छ। घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खाेजी कार्य भइरहेकाे बताइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


