
२०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। सन् २०२६ जुन १४ तारिख। विश्व रक्तदाता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोग भने बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ ।
वृष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस जाँगर बढ्नेछ । आज तपाईंलाई साथी भाइले असहयोग गर्नेछन् । राम्रो बोल्छु भन्दा भन्दै नराम्रो शब्द निस्कनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ ।
मिथुन : दिन सहज छ । बोल्दा भने सचेत बन्नुपर्ने समय छ । आम्दानीका स्रोत राम्रा छन् । बौद्धिक व्यक्ति सँगको भेटले मन खुशी हुनेछ । साथी भाइको साथमा अगाडि बढाएको कामबाट फाइदा हुनेछ । मिहिनेतको फल मिल्ने योग छ ।
कर्कट : दिन सामान्य राम्रो छ । सम्पत्ति जम्मा गर्ने समय छ । घुमफिरमा जाने सम्भावना छ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । विवाद नगर्नू राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।
सिंह : दिन धेरै राम्रो छ । आज आफूले सोचेका काम बन्ने योग परेको छ । पुरानो गुम्न लागेको धन हात पर्नेछ । मन प्रसन्न हुनेछ । गोपनीयता भने कायम गर्नुपर्ने दिन छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
कन्या : दिन राम्रो छ । साथीको सहयोग मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शिक्षामा गरेको प्रयास सफल बन्ने योग छ । आजको दिन एकल लगानी नगर्नु राम्रो हुनेछ । संयुक्त लगानीमा गरेको कामबाट फाइदा हुनेछ ।
तुला : आम्दानी हुने दिन छ । परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारमा भने विवाद हुनसक्ने भएकाले कम बोल्नु उचित हुन्छ । रोगले पनि सताउन सक्ने भएकाले सचेत हुनु पर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुहोला ।
वृश्चिक : दिन धेरै राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । साथीले साथ दिने योग छ । मनमा उत्साह थपिने छ ।
धनु : दिन सामान्य छ । तपाईंको बोलीको प्रभावले ठूलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । साथी भाइले असहयोग गर्नेछन् । आफन्तले नै अपमान गर्न सक्ने भएकोले सचेत बन्नु राम्रो हुनेछ ।
मकर : धन आर्जन गर्ने दिन छ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । तर सानो कुराले मन अशान्त बन्नेछ । दैनिक काममा स्वास्थ्यले अवरोध हुनसक्छ । साथी सँगको भेटले मन खुशी हुनेछ । महत्त्वपूर्ण अवसर मिल्नेछ ।
कुम्भ : दिन सहज छ । सहयोग हात धेरै छन् । मन प्रसन्न हुनेछ । शिवको भजन सुन्नु फाइदा जनक होला । स्वास्थ्यको भने ख्याल गर्नुपर्ने दिन छ । दक्षिणको लामो यात्रामा नजानू राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ ।
मीन : दिन सामान्य छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । यात्रा गर्दा सचेत बन्नु पर्नेछ । शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ ।


