शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका डीआईजी रानाको सरुवा, भट्टराई आउदै

सुदूरपश्चिमका डीआईजी रानाको सरुवा, भट्टराई आउदै

  • शनिबार, जेष्ठ ३०, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिमका डीआईजी रानाको सरुवा, भट्टराई आउदै

धनगढी– सुदूरपश्चिमका डीआईजी ओम रानाको सरुवा भएको छ। रानाको सरुवा भएपछि उनको स्थानमा सानुराम भट्टराइ आउने भएका छन।

नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। गृह मन्त्रालयले गरेको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेशमा, ओम अधिकारीलाई मधेस प्रदेशमा र गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ। त्यस्तै, ओम रानालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

सुदूरपश्चिममा प्रदेश प्रहरी प्रमुख रहेका ओमबहादुर राना कमजोर कार्यसम्पादनका कारण त्यहाँबाट तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनी गत वर्ष भदौ २३ को जेन्जी आन्दोलनमा उपत्यका प्रहरीका निमित्त प्रमुख थिए ।

चर्चामा

सम्बन्धित समाचार