आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

  • शुक्रबार, जेष्ठ २९, २०८३
सेयर गर्नुहोस् :
काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं — बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेको हो । यो शव फेला परेसँगै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

डीएसपी बिष्टका अनुसार मृत्यु हुनेमा ४ पुरुष र ४ महिला रहेका छन् । उनीहरू कसैको पनि पहिचान हुन सकेको छैन ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार