शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरा लाम्पाटा घटनाः हुम्लामा स्थानीयद्धारा प्रहरीमाथि आक्रमण प्रयास

बाजुरा लाम्पाटा घटनाः हुम्लामा स्थानीयद्धारा प्रहरीमाथि आक्रमण प्रयास

  • शुक्रबार, जेष्ठ २९, २०८३
सेयर गर्नुहोस् :
बाजुरा लाम्पाटा घटनाः हुम्लामा स्थानीयद्धारा प्रहरीमाथि आक्रमण प्रयास

बाजुरा–बाजुराको रानीसैन क्षेत्र लाम्पाटामा भएको कुटपिटको घटनाको विषयमा बुझ्न फिल्डमा खटिएका हुम्ला प्रहरीमाथि नै आक्रमणको प्रयास भएको छ । बिहीवार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ६ जनाको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको हो

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी बिष्णु श्रेष्ठकाअनुसार जिल्लाको खार्पुनाथ गाउँपालिका–२ मा लाम्पाटा घटनाको विषयमा बुझ्‌न खटिएको प्रहरी टोलीलाई स्थानीयहरुले जान नदिएको बताएका छन् । सूचना अधिकारी श्रेष्ठले त्यो कुनै ठूलो घटना नभई एक्कासी प्रहरी गाउँमा आएपछि सामान्य विवाद भएको बताएका छन् । उनले लाम्पाटा घटनाको विषयमा यहाँबाट हुनु पर्ने सम्पूर्ण काम कानुनी प्रक्रिया बमोजिम नै भइरहेको पनि बताए । यसअघि जेठ ३ र ५ गते घटना भएको बाजुराको लाम्पाटा क्षेत्र नजिकैको खार्पुनाथका स्थानीयबासीहरुले प्रहरीको टोलीलाई यहाँ किन आएको भन्दै थर्काउनुका साथै त्यस क्षेत्रबाट फर्काएको जनाएको छ ।

यता, हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले त्यस्तो घटना नभएको दावि गरेका छन् । उनले भने,“त्यस्तो भएको भए, प्रहरीले मलाई खबर गरिहाल्थ्यो, अहिलेसम्म कुनै जानकारी आएको छैन्, प्रहरीलाई कतै रोकावट छैन ।”

करिब एक महिनाअघि बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर हुम्लाका बासिन्दाहरुले आक्रमण गर्दा बाजुराका ६ जना घाइते भएका थिए । यस्तै रानीसैनमा पर्यटन प्रवद्र्धनको उदेश्यसहित गएका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोलीमाथि समेत आक्रमणसँगै हुम्लाका स्थानीयले बीचबाटै लखेटेका थिए ।

यस्तै रानीसैन क्षेत्रमा हुम्लाका बासिन्दाहरुले बाजुराका भोटे समुदायहरुलाई पटकपटक कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । घटना भएको महिनौ दिन बितिसक्दा पनि घटनामा संलग्न दोषिहरुलाई कारबाही नभएको भन्दै रानीसैन संघर्ष समितिले दबाबमूलक आन्दोलन जारी राखेको छ भने त्यसको विरोधमा बिहीवारबाट बाजुरा देखि हुम्ला जाने कर्णाली करिडोर सडक अवरुद्ध गरिएको छ ।

त्यस्तै लाम्पाटामा भएको घटना चर्किदै गएपछि त्यस क्षेत्रमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ । स्थापना भएको क्याम्पका लागि बुधवार मार्तडीबाट २८ जना सुरक्षाकर्मीहरुको टोली हिडिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार