शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुढीनन्दामा युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ

बुढीनन्दामा युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ

  • शुक्रबार, जेष्ठ २२, २०८३
सेयर गर्नुहोस् :
बुढीनन्दामा युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ

बाजुरा–बाजुरामा एक युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३२ वर्षीय निर रावतको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने १९ बर्षका टेकेन्द्र रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुवीच पहिले देखि नै आपसी विवाद हुदैँ आएकोमा बुधवार एक जनाको घरको छत ढलानपछि राति खानपिनसँगै मदिरा खाएर आपसमा विवाद भएको थियो । विवादपछि ति युवकले निर रावतलाई ढुङ्गा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले हत्याको आरोपमा रावतलाई बुधवार नै पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । यस्तै मृतक निर रावतको शव कोल्टी अस्पतालमा पोष्टमार्टमपछि आफ्‌न्तको जिम्मा लगाइएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार