बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

  • शुक्रबार, चैत्र १३, २०८२
सेयर गर्नुहोस् :
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं— बालेन शाह नेतृत्वको सरकारले जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायत अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सुरक्षा निकायहरुको हकमा भने छानबिन समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराए । त्यस्तै बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ ।

पहिलो मन्त्रिपरिषद्को बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय गरेको हो । आजको बैठकले योसहित ४ वटा निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् सरकारले गरेका ४ निर्णय

१.शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय
२.सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने
३.शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत
४.जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने

 

चर्चामा

सम्बन्धित समाचार