बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा एमालेले खाता खोल्यो, बझाङबाट ऐन महर विजयी

सुदूरपश्चिममा एमालेले खाता खोल्यो, बझाङबाट ऐन महर विजयी

  • शनिबार, फाल्गुन २३, २०८२
सेयर गर्नुहोस् :
सुदूरपश्चिममा एमालेले खाता खोल्यो, बझाङबाट ऐन महर विजयी

 बझाङ— नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् ।

यहाँ नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।

चर्चामा

सम्बन्धित समाचार