
बाजुरा– विगत लामो समयदेखि नेपालगञ्ज र कोहलपुर क्षेत्रमा आफ्नो स्वाद र सेवाको पहिचान बनाइसकेको सकम्बरि मःम तथा कफी सपले धनगढीमा आफ्नो सेवा विस्तार गर्दै औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ।
उक्त रेस्टुरेन्ट विदेशमा लामो समय फुड इन्जिनियरिङ क्षेत्रमा अनुभव सँगालेर नेपाल फर्किएकी प्रमिला न्यौपानेको परिकल्पनामा सुरु गरिएको हो। न्यौपाने विगत १२ वर्षदेखि कतार, साउदी अरब तथा पोर्चुगल लगायतका मुलुकहरूमा फुड इन्जिनियरिङको क्षेत्रमा सेवा प्रदान गर्दै आएकी छन्। विदेशको अनुभवलाई नेपालमै उपयोग गर्दै हस्पिटालिटी क्षेत्रमा समर्पित हुने उद्देश्यले उनले कोहलपुरबाट ‘सकम्बरि मःम’को सुरुवात गरेकाे धनगढी शाखाका सञ्चालक प्रकाश बहादुर शार्कीले बताए।
धनगढी शाखाका सञ्चालक शार्कीका अनुसार, गुणस्तरीय स्वाद, सरसफाइ र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै धनगढीमा सेवा विस्तार गरिएको बताए। “नेपालगञ्ज र कोहलपुरमा पाएको मायालाई धनगढीमा पनि निरन्तरता दिने हाम्रो लक्ष्य हो,” शार्कीले बताए। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वच्छ र पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको ‘सकम्बरि मःम’ले धनगढीको खानपान संस्कृतिमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।
