शुक्रबार, माघ २४, २०८२
  • होमपेज
  • समाज
  • बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा

बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा

  • शुक्रबार, माघ २४, २०८२
बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा

बैतडी —बैतडीको पुर्चाैडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको छ ।

जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।

बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार