• होमपेज
  • बाजुरा बिशेष
  • वास्तविक नमूना मतपत्र सार्वजनिक, यस्तो छ बाजुराको मतपत्र

वास्तविक नमूना मतपत्र सार्वजनिक, यस्तो छ बाजुराको मतपत्र

  • शनिबार, माघ १८, २०८२
वास्तविक नमूना मतपत्र सार्वजनिक, यस्तो छ बाजुराको मतपत्र

बाजुरा—निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ ।

सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । बाजुरा एक मात्रै निर्वाचन क्षेत्र भएकाे जिल्ला हाे जहाँ आयाेगले सार्वजनिक गरेकाे नमूना मतपत्रमा ८ जना उम्मेदवारका चुनाव चिन्ह छन् ।

यस्तो छ बाजुराको वास्तविक नमूना मतपत्र

May be an illustration of blueprint, floor plan, map and text that says 'मतपत्र क्रमसदल्या प्रतिनिधि समा सदस्य निर्वाचन. શવશ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रदेश् सुदूरपश्चिम जिल्ला: बाजुरा प्रतिनिधि सभा सदस्य निर्वांचन क्षेत्र नं. गाउँपालिका/ नगरपालिका .........-------- वडान 9 मतदाताको लेखात्मक वा रेखात्मक सहीछप .................. मतदाता क्रमसडख्या ................ प्रतिनिधि सभा सदस्य निर्वाचन. શશ पहिलो हुने निर्वचित हूने निर्वाचन प्रणालीको मतपत्र [ एउटा कोठामित्र मात्र मतसड्केत (5) मर्मुहोस मतदान अधिकृतको दस्तखत:'

चर्चामा

सम्बन्धित समाचार