• होमपेज
  • समाज
  • भोटे जनजातिका धेरै बासिन्दा मतदानबाट वञ्चित

भोटे जनजातिका धेरै बासिन्दा मतदानबाट वञ्चित

  • आइतवार, माघ १२, २०८२
भोटे जनजातिका धेरै बासिन्दा मतदानबाट वञ्चित

बाजुरा—आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराका अधिकांश भोटे जनजाति समुदायका धेरै समुदाय मतदानबाट वञ्चित हुने भएका छन् । भोटे जनजातिका अधिकांश समुदाय चिसो छल्न बेशी तिर झरेपछि उनीहरु फागुन २१ मा हुने मतदानबाट वञ्चित हुने भोटे जनजाति महासंघका पुर्व अध्यक्ष नृप थापा (भोटे) ले बताएका छन् ।

भोटे जनजाति महासंघका अनुसार बाजुरामा ५ सय बढी परिवार बसोवास गर्ने गरेका छन् । २७ सय बढी मतदाता रहेका छन् । त्यसमध्ये ७ भन्दा बढी मतदानमा सहभागि नहुने नृपले बताएका छन् । बाजुरामा बडिमालिका नगरपालिका ७ ढम्कने, बुढिनन्दा नगरपालिका १,२,३,७,८,९, १० र हिमाली गाउँपालिका २ र ३ मा भोटे जनजाति बस्ने गरेका छन् । उनीहरु हिउँदमा हिमपात हुने भएकाले चिसो छल्न बेसी तिर झर्ने गरेका छन् ।

भोटे जनजाति महासंघका अनुसार धेरै परिवार भेडा, च्याङ्गासहित मंसिरमा बसाइ सर्ने गर्छन् । उनीहरु बाजुराको तल्लो भेग, अछाम, डोटी र बझाङ्गमा बसाइ सर्ने गर्छन् । चैतको अन्तिम साता मात्र उनिहरु गाउँ फर्कने गरेका छन् । चुनाव फागुन २१ छ, मतदानमा हामी सहभागि नहुने बसाइ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा (भोटे) ले बताए । सबै परिवार यतै छौ, भोट हाल्ने चारै जना मौसमी बसाइ सरेको उनले बताए । भोट हाल्न गाउँ जान १ हप्ता भन्दा बढी समय लाग्ने भएकाले भोट हाल्न नजाने गरेको जगतले बताए । आफु मात्र नभइ धेरै परिवार मतदानमा सहभागिता नहुने उनले बताए ।

भोटे जनजाति समुदाय भन्छन्, हाम्रा लागि फागुन २१ उपयुक्त मतदान समय नभएको बताउँछन् । हाम्रा लागि बैशाखपछि मात्र उपयुक्त हुने थियो, तर सरकारले भने चुनाव तोकिसकेको छ, घरमा बसेका भोट हाल्छन्, हामी भने गाउँ नजाने अछामको साँफेबगर पुगेका पदम गुरुङ्गले बताएका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाका अनुसार मतदातालाई मतदान गर्न प्रेरित गर्ने छौ, उनीहरु पनि मतदानमा सहभागी हुन आग्रह गरेको बताउँछन् ।

बाजुरामा ७७ वटा मतदानस्थल कायम भएका छन् । त्यस्तै जिल्ला निर्वाचन कार्यालयका अनुसार एक सय १८ वटा मतदान केन्द्र कायम भएका छन् । यस्तै निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावली विवरण अनुसार जिल्लाभर कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् ।

चर्चामा

सम्बन्धित समाचार