• होमपेज
  • राजनीति
  • प्रदेशसभा सदस्यबाट डा.तारा जोशीले दिए राजीनामा

प्रदेशसभा सदस्यबाट डा.तारा जोशीले दिए राजीनामा

  • सोमवार, माघ ६, २०८२
प्रदेशसभा सदस्यबाट डा.तारा जोशीले दिए राजीनामा

धनगढी—सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन्। डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा हुन्।

प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।

पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए।

चर्चामा

सम्बन्धित समाचार