
बाजुरा– आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागि जिल्ला सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै उद्घाटन गरिएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले कार्यालयको समउद्धघाटन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताएका छन् ।
उनले दिएको जानकारी अनुसार एक मात्र निर्वाचन क्षेत्र भएकाले सदरमुकाम मार्तडीको कृषि ज्ञान केन्द्रमा उक्त निर्वाचन अधिकृतको कार्यालय उदुघाटन गरी निर्वाचनका कार्य संचालनमा आएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटनपछि संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन जिल्लास्थित राजनितिक दल,कर्मचारी, जनप्रतिनिधी र संचारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले जिल्लामा मतदान केन्द्र कब्जा गर्ने प्रवृतिलाई रोक्न के उपाय अपनाइएको छ,भन्ने पत्रकार प्रश्नमा मुख्य निर्वाचन अधिकृत पोखरेलले विगतको अवस्थालाई मध्ये नजर गर्दै यस्ता गतिविधी हुन नदिने गरी काम गर्ने प्रतिक्रिया दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदुघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाका अति संवेदनशिल,संवेदनशिल र सामान्य अवस्थाका मतदान केन्द्रहरुको अवस्था आँकलन गरी सुरक्षाको व्यवस्थापन गरिने बताए ।
उहाँले जिल्लामा निर्वाचनको इज्जत गुमेकाले चुनावी स्वच्छता, शान्तिपूर्ण फर्काउन सकिने भएकाले निर्वाचनमा सबैले सहयोग गर्न आग्रह गरेका छन् । निर्वाचनको अवस्थालाई मध्येनजर गर्दै सुरक्षा संयन्त्रलाई विशेष रुपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाई रहेको छ । निर्वाचनको दुई महिना यतादेखि जिल्लामा कुनै पनि अपराधिक घटना नभएको जिल्लाको शान्ति सुरक्षा व्यवस्था सामान्य रहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष,धाँधली रहित वातावरणमा सम्पन्न हुने विश्वास प्रमुख जिल्ला निरौलाको रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै उद्घाटन समारोहमा मुख्य निर्वाचन अधिकृत संजीव पोखरेल,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाही,सुरक्षा निकायका प्रमुख, संचारकर्मीहरु सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
