• होमपेज
  • समाज
  • बाजुरामा माघ १५ गतेभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

बाजुरामा माघ १५ गतेभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

  • मङ्लबार, पुस २९, २०८२
बाजुरामा माघ १५ गतेभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

बाजुरा—जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र ईजाजत प्राप्त गरी वा नगरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका भरुवा बन्दुक सहित हातहतियार, खरखजनाहरु बुझाउन निर्देशन दिएको हो ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् । उनले हातहतियार, खरखजनाहरु माघ १५ गतेभित्र जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी इकाईमा अनिवार्य रुपमा बुझाउनु पर्ने बताए । तोकिएको समयभित्र हातहतिवार खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत सिडीओ निरौलाले बताए ।

निर्वाचनको समयमा हातहतियारका कारण हुन सक्ने सम्भावित जोखिम, डरत्रास तथा अशान्ति न्यूनीकरण गर्दै जिल्लामा शान्ति–सुरक्षा कायम राख्न यो कदम चालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै प्रशासनले निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै सहयोगका लागि आग्रह समेत गरेको छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार