शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका प्रहरी जवान रावतको उपचारको क्रममा निधन

बाजुराका प्रहरी जवान रावतको उपचारको क्रममा निधन

  • बिहिबार, पुस २४, २०८२
बाजुराका प्रहरी जवान रावतको उपचारको क्रममा निधन

बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ डोगडी घर भएका २८ बर्षका प्रहरी जवान बिक्रम बहादुर रावतको अल्पायुमै निधन भएको छ । विगत केही महिनादेखि उपचारको क्रममा रहेका प्रहरी जवान रावतकाे  बुधवार मृत्यु भएको हो ।
उनी ब्लड क्यान्सर रोगबाट ग्रसित भएर करिब चार महिनादेखि काठमाडौं स्थित सिभिल सर्भिस अस्पतालमा उपचारत थिए । उनको उपचारकै क्रममा मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ । रावत नेपाल प्रहरी सेवा प्रवेश गरेर हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।
अचानक अल्पायुमै उनको मृत्युको खबरले गाउँ नै शोकमा डुबेको छ भने एक असल राष्ट्र सेवक प्रहरी जवान तथा जिल्लाको होनाहर युवा गुमाउनु परेको भन्दै अहिले सबैले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । उनको बिहीवार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार  दाह संस्कार गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार