• होमपेज
  • राजनीति
  • मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

  • आइतवार, पुस ६, २०८२
मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

काठमाडौं— मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा गरेको छ । आज एक कार्यक्रमबीच उक्त समूहले आन्दोलनको घोषणा गरेको हो ।

भोलि माइतीघरमा ११ बजे भेला हुन पनि उनले आव्हान गरेका छ्न् ।

भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ ।

कार्की सरकारले जेन-जी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरे ।

सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व देशका लागि आवश्यक भएको ढुंगानाले बताए ।

आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन-जी अगुवाहरूको उपस्थिति थियो ।

चर्चामा

सम्बन्धित समाचार