• होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल तथा केन्द्र निर्धारण

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल तथा केन्द्र निर्धारण

  • बुधबार, पुस २, २०८२
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल तथा केन्द्र निर्धारण

काठमाडौं— निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ ।

आयोगले बुधवार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो ।

आयोगको निर्णय अनुसार सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार तोकिएका मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

जसमा मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ ।

कुन प्रदेशको मतदान केन्द्र कहाँ ?

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ

मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा

बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुर

गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की

लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ

कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत

सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली

चर्चामा

सम्बन्धित समाचार