
। बैतडीमा नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाका अध्यक्षले राजीनामा घोषणा गरेका छन् ।
सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको आरोप लगाउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले प्रदेश सल्लाहकार समिति सदस्य रहेका चन्दले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनी २०७४ र २०७९ सालमा एमालेबाटै पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर, प्रतिनिधि चयनमा आफूलाई नपारिएको भन्दै असन्तुष्ट चन्दले पार्टी जिम्मेवारी जिल्ला इन्चार्ज लिलाधर भट्ट र पालिकाको जिम्मेवारी उपाध्यक्ष बिना भट्ट र वडाध्यक्ष रामसिंह पुजारालाई हस्तान्तरण गर्दै एमाले परित्याग गरेको उल्लेख गरेका छन् ।
हेर्नुहोस् स्टाटस :

