शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता

कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता

  • आइतवार, मंसिर १५, २०८२
कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता

बाजुरा– कैलालीको धनगढीबाट एक किशोर छ दिन देखि बेपत्ता भएका छन्। धनगढी स्थित शिबनगरबाट पञ्चोदय माद्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने बाजुराको बुढीनन्दा-७ का १६ वर्षीय लोकराज जैैशी मंसिर ९ गतेदखि सम्पर्क बिहीन रहेको उनका दाई धर्मराज जैशीले बताएका छन्।

लोकराज ९ गते दिउँसो १२ बजेतिर कोठाबाट साईकल लिएर गएको तर हालसम्म घर नफर्किएको धर्मराज जैशीले बताए। उनि शिबनगरमा आफ्नो दिदिसंग कोठामा बस्दै आएका थिए। लोकराजको खोजिकार्यको लागि प्रहरीलाई समेत खबर गरिसकेको र कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८६८१४३५९२ र ९७४९७२३९२५ मा खबर खरिदिन उनले आग्रह गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार