शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

  • शुक्रबार, मंसिर १३, २०८२
एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

बाजुरा– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्ला स्तरमा निर्वाचन प्रक्रिया सुरु भएसंगै बाजुरामा पनि प्रकृया अगाडी बढाएकाे छ । महाधिवेशनका लागि देशभर एकै दिन यही मङ्सिर १३ गते प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले सोका लागि मतदाता नामावली प्रकाशन र उम्मेदवारी दिने प्रक्रिया सुरु गरिएको हो ।

 प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने निर्देशनबमोजिम काम भइरहेको जनाएकाे छ।

यही मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको छ । छनोट भएका प्रतिनिधिको नाम यही मङ्सिर १५ गतेभित्र विभागमा बुझाइसक्नुपर्ने जनाएकाे छ ।

यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुला), जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।
No description available.

चर्चामा

सम्बन्धित समाचार