
बाजुरा—बाजुरामा १५ सय बढी नयाँ मतदाता थपिएका छन् । २०८२ असोज १० गतेदेखि यहीँ मंसिर ५ गतेसम्म एक हजार ५ सय १६ जना नयाँ मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतले सो अवधिमा कार्यालयमै पुगेर ४ सय ७५ पुरुष र ३ सय ४७ महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्र मार्फत ६ सय ८७ र अन्य जिल्लाबाट ७ जनाले नामावली दर्ता गरेको महतले जानकारी दिए ।
यसैगरी, सोही अवधिमा अध्यावधिकतर्फ १ सय ४८ जनाले ठाउँसारी र ५५ जनाले त्रुटी सच्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पाँच गाउँपालिका र चार नगरपालिका रहेको बाजुरा जिल्लामा हाल ८६ हजार बढी मतदाता संख्या रहेका छन् ।
सरकारले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । निर्वाचन आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो ।
