शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीमा महेश बस्नेतविरुद्ध जेनजीहरूको प्रदर्शन

धनगढीमा महेश बस्नेतविरुद्ध जेनजीहरूको प्रदर्शन

  • बुधबार, मंसिर ११, २०८२
धनगढीमा महेश बस्नेतविरुद्ध जेनजीहरूको प्रदर्शन

धनगढी— नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरू प्ले कार्डसहित सडकमा उत्रिएका छन् । बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता बस्नेत धनगढी आएका हुन् ।

उनी आउने भएपछि जेनजी युवाहरूले सडकमा प्ले कार्डसहित विरोध सुरू गरेका छन् । उनीहरूले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलबाड गर्न पाइँदैन जस्ता नारा लेखेर प्ले कार्डसहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

बस्नेतको सुरक्षा र जेनजीको बिरोध प्रदर्शनलाई ध्यानमा राखि सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरूले सोहि मार्गको जेनजी चोकमा प्रदर्शन जारी राखेका छन्।

चर्चामा

सम्बन्धित समाचार