शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभा गृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

राष्ट्रिय सभा गृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

  • बुधबार, मंसिर ११, २०८२
राष्ट्रिय सभा गृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

काठमाडौं — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला जारी छ ।

राष्ट्रिय सभा गृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा आ-आफ्नो भनाइ राखिरहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने उनीहरूको माग छ ।

भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् ।

२९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ ।

कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार