शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले

आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले

  • शनिबार, मंसिर ७, २०८२
आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले

नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो ।
यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।

एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि वपार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार