शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली जडीबुटी संरक्षण र दिगो संकलन सम्बन्धी तालिम संचालन

हिमाली जडीबुटी संरक्षण र दिगो संकलन सम्बन्धी तालिम संचालन

  • सोमवार, मंसिर २, २०८२
हिमाली जडीबुटी संरक्षण र दिगो संकलन सम्बन्धी तालिम संचालन

बाजुरा— हिमाली जडीबुटीको संरक्षण तथा दिगो व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बाजुरामा ‘दिगो वन व्यवस्थापन तथा जडीबुटीहरूको दिगो संकलन सम्बन्धी तालिम’ सुरु भएको छ । युके इन्टरनेश्नल डेभलपमेन्टद्वारा डार्विन इनिसियटिभ मार्फत वित्तपोषित कार्यक्रम फेकोफन बाजुरा र एन्साब नेपालको संयुक्त आयोजनामा भएको हो ।

तालिममा वन व्यवस्थापन, गैरकाष्ठ बन–उत्पादनको दिगो संकलन, व्यापारिक सम्भावना तथा जडीबुटी संरक्षणका प्रविधि सम्बन्धी सीप हस्तान्तरण गरिने बन प्राबिधीक चेतराज जैशीले बताएका छन् ।

कार्यक्रममा सहभागीलाई वन क्षेत्रको दिगो उपयोग, जैविक विविधताको संरक्षण, स्थानीय समुदायको आय–आर्जन वृद्धि तथा जडीबुटी व्यापारमा पारदर्शिता कायम गर्ने बारेमा क्षमता अभिवृद्धि गराउने उद्देश्य राखिएको जैशीले बताएका छन ।

फेकोफन बाजुराका अध्यक्ष सिता थापा बरालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्लाका ३ ओटा स्थानिय तहका सामुदायीक बनका अध्यक्षहरु सहभागी भएका छन ।

चर्चामा

सम्बन्धित समाचार