शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सुसीला कार्की नेतृत्व सरकार नेपालीहरुको होइन्, विदेशी दलाल सरकार हो– नेता बोगटी

सुसीला कार्की नेतृत्व सरकार नेपालीहरुको होइन्, विदेशी दलाल सरकार हो– नेता बोगटी

  • शनिबार, कार्तिक ३०, २०८२
सुसीला कार्की नेतृत्व सरकार नेपालीहरुको होइन्, विदेशी दलाल सरकार हो– नेता बोगटी

बाजुरा– नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले सुसीला कार्की नेतृत्वको सरकार नेपालीहरुको नभई विदेशी दलालहरुको सरकार भएको आरोप लगाएका छन् । शनिवार सदरमुकाम मार्तडीमा पार्टी जिल्ला कमिटीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रममा बोल्दै नेता बोगटीले यो सरकार अशान्ति र हिंसा मच्चाएर विकास र समृद्धिको बाधक भएको भन्दै जति सकिन्छ चाँडो फालेर नयाँ ढंगबाट जानु पर्ने बताएका छन् ।
त्यस्तै उनले अहिले केपी ओली र रमेश लेखक मात्रै नभई प्रचण्ड, बालेन, रवि र सुसीला कार्कीमाथि छानविन गरेर कडा कारबाही गरिनु पर्ने माग गरेका छन् । नेता बोगटीले अहिले एमाले छोडेर बाहिर गएकाहरुलाई पुनः पार्टीमै फर्कने पार्टीको रोडम्याप रहेको भन्दै अहिले एमालेका विरुद्ध नेपाली कम्युनिष्ट पार्टी बनेको समेत दावि गरे । त्यो पुरानो बोतलमा पुरानै रक्सी भएको भन्दै तिनीहरुलाई साथमा लिएर राष्ट्र बनाउने एमालेको उदेश्य भएको बताए ।

त्यस्तै उनले भदौ २३ गते आन्दोलन नभई जेनजीले प्रर्दशन मात्रै गरेको भन्दै प्रचण्ड, रवि, बालेन र राजावादीहरुको घुसपैठ भएर प्रर्दशनले हिंसात्मक रुप लिएको बताए । उक्त प्रर्दशनमा भएको सबै क्षति प्रधानमन्त्री ओलीको राजीनामापछि मात्रै भएको भन्दै त्यो धेरै समय पहिलेको योजना र षडयन्त्रमा भएको समेत नेता बोगटीले दाबि गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार