
बाजुरा– नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री कर्णबहादुर थापाले जनताले निर्माण गरेको संसद भंग गरेर आगामी फागुन २१ मै चुनाव गर्न त्यसअघि सबै कुराहरुका लागि तयार हुनु पर्ने बताएका छन् । शनिवार बाजुरा सदरमुकाम मार्तडीमा आयोजित पार्टीको जनप्रदर्शन कार्यक्रममा बोल्दै नेता थापाले छलफल र बहस गर्न एमालेसँग स्पष्ट खाका रहेकोले यस्तो खाका दिने अन्य कुनै पार्टी भएको भन्दै अहिले धमीलो पानीमा माछा मार्ने षडयन्त्र सफल नहुने दावि गरेका छन् ।
त्यस्तै, देश बनाउनका लागि समयमै विधि र कानुनमा रहेर बहस गर्न आवश्यक रहेको बताएका छन् । देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाउने अरु सबै पार्टीको ग्रुप पार्टी एमाले रहेको भन्दै हरेक समस्या समाधान गर्न सक्ने क्षमता आफूसँग भएको नेता थापाले बताए । थापाले भने, “अहिलेका जेनजी अभियान्ताहरु कोही प्रतिनिधिसभा कोही राष्ट्रिपतिको चुनाव गर्छौ भन्छन्, चुनाव के को हुदैछ भन्ने कुरा समेत यिनलाई थाहा छैन् ।” यस्तै, लामो समयको संघर्ष गरेर हामीले नै निर्माण गरेको यो पार्टी र व्यवस्था कुनै खेलाजीमा नबनेको बताए ।
नेता थापाले आफूहरु कुनै हावादारी शान्तिको पक्षमा नभई हामी परिवर्तन र न्यायको पक्षमा रहेको समेत स्पष्ट पारे । भदौं २३ गते जेनजी आन्दोलनका नाममा घुसपैठ भएर ठूलो मानविय तथा भौतिक क्षति भएको बताए । त्यस्तै उनले जेनजीहरुलाई विरोध प्रर्दशन तथा सहि तथ्यका आधारमा सबैको आलोचना गर्न पाइने भन्दै गल्तीको दण्ड दिन सकिने उल्लेख गरेका छन् । त्यसैगरी, स्थायी कमिटी सदस्य थापाले पार्टीमा देखिएका समस्याहरु महाधिवेशनमार्फत सबै समाधान गर्न सकिने र त्यसका लागि स्पष्ट बहस आवश्यक रहेको बताए ।
