शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • जेन्जी भावनाको प्रतिनिधित्व गर्ने गरी मुलुकको अगुवाइ एमालेले गर्छ — युवा नेता रोकाया

जेन्जी भावनाको प्रतिनिधित्व गर्ने गरी मुलुकको अगुवाइ एमालेले गर्छ — युवा नेता रोकाया

  • शनिबार, कार्तिक ३०, २०८२
जेन्जी भावनाको प्रतिनिधित्व गर्ने गरी मुलुकको अगुवाइ एमालेले गर्छ — युवा नेता रोकाया

बाजुरा—नेकपा एमाले निटक अनेरास्ववियुका पूर्व केन्द्रीय महासचिव नरेश रोकायाले नेकपा एमाले जेनजीको भावनाको प्रतिनिधित्व गर्ने गरी अब मुलुकको अगुवाइ गर्ने उदेश्यले अगाडि बढेको बताएका छन् । शनिवार बाजुराको सदरमुकाम मार्तडीमा एमालेद्धारा आयोजित राष्ट्रिय एकता, संविधानको सर्वोच्चता र संसद पुर्नःस्थापनाका लागि जनप्रदर्शन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले जेनजीहरुलाई भने भदौ २३ गते तपाईहरुले पनि याँहा आन्दोलन गर्नु भयो, तर तोडफोड हिंसाजन्य गतिविधि गर्नु भएन्, त्यसकारण धन्यवादको पात्र हुनु हुन्छ ।

विद्यार्थी नेता रोकायाले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने गरी डेढ लाख बाजुराली जनताहरुको भाग्य र भविष्य परिवर्तन गर्दै बाजुरालाई समृद्धिको बाटोमा लिन नयाँ योजनाहरु बनाएर अगाडि बढ्ने बताए । त्यस्तै उनले सुदूरपश्चिम विश्वविद्यालयका दुई वटा आंगिक क्याम्पसको भरमा आम युवाहरुले सहज रुपमा उच्च शिक्षा आर्जन गर्न नसकेको तितो यर्थात हामीमाझ रहेको स्मरण गर्दै यसलाई परिमार्जन र थप विकासको पहल कदमीका लागि लाग्ने बताए ।

यस्तै, रोकायाले युवाहरुले सहज रुपमा सिटीभिटीको प्राविधिक शिक्षा जिल्लामै पढ्न पाउने र जिल्ला अस्पताललाई तत्काल सय शैयाको रुपमा रुपान्तरण गर्ने ग्यारेन्टी गर्ने गरी अब यसको नेतृत्व एमालेले गर्ने समेत बताए । उनले भने, “जिल्लाका नौ वटै पालिकामा कम्तिमा एक–एक वटा नमूना आवासीय विद्यालय, त्यो विद्यालयमा एउटा विद्यार्थीले आफ्‌नो जीवन काललमा चाहिने आवश्यक सीप के हो, त्यो सबै सीप पढाई हुने विद्यालय निर्माणका लागि एमाले अगाडि बढ्छ ।” यस्तै विद्यार्थी नेता रोकायाले जनताको जीवनस्तर उकास्न पछिल्लो पुस्ताको भाग्य र भविष्य बालियो बनाउने प्रमुख जग शिक्षा क्षेत्र भएकाले त्यसको परिमार्जन गरेर नयाँ शिराबाट अगाडि बढे हाम्रा पुस्ताहरुलाई बेरोजगार देखि रहनु नपर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार