बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाहले भने– ऋतु बदलिए, ओली बदलिएनन्

नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाहले भने– ऋतु बदलिए, ओली बदलिएनन्

  • बुधबार, कार्तिक २७, २०८२
सेयर गर्नुहोस् :
नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाहले भने– ऋतु बदलिए, ओली बदलिएनन्

बाजुरा— नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनी नेपाली कम्यनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

बाजुरा निवासी शाह यसअघि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला र आर्थिक योजना मन्त्रीसमेत बनेका थिए ।

प्रचण्डलाई ‘गणतन्त्र नेपालका निर्माता’ भनेर सम्बोधन सुरु गरेका शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । उनले भने, ‘ऋतु बदलिए, मौसम बदलिए तर केपी शर्मा ओलीको अहंकार बदलिएको छैन, दम्भ बदलिएको छैन ।’

ओलीले भीम रावलको आवाजलाई निमोठ्ने हर्कत गरेको आरोप समेत उनले लगाए । उनले देश संकटमा परेका बेला सबै कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने आह्वान युगले गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार