शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाहले भने– ऋतु बदलिए, ओली बदलिएनन्

नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाहले भने– ऋतु बदलिए, ओली बदलिएनन्

  • बुधबार, कार्तिक २७, २०८२
नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै प्रकाश शाहले भने– ऋतु बदलिए, ओली बदलिएनन्

बाजुरा— नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनी नेपाली कम्यनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

बाजुरा निवासी शाह यसअघि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला र आर्थिक योजना मन्त्रीसमेत बनेका थिए ।

प्रचण्डलाई ‘गणतन्त्र नेपालका निर्माता’ भनेर सम्बोधन सुरु गरेका शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । उनले भने, ‘ऋतु बदलिए, मौसम बदलिए तर केपी शर्मा ओलीको अहंकार बदलिएको छैन, दम्भ बदलिएको छैन ।’

ओलीले भीम रावलको आवाजलाई निमोठ्ने हर्कत गरेको आरोप समेत उनले लगाए । उनले देश संकटमा परेका बेला सबै कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने आह्वान युगले गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार