शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • एसएमसी नामक एपबाट करोडौ रकम अनलाइन ठगी, बाजुरामा मात्र १ करोड बढी ठगी

एसएमसी नामक एपबाट करोडौ रकम अनलाइन ठगी, बाजुरामा मात्र १ करोड बढी ठगी

  • बुधबार, कार्तिक २७, २०८२
एसएमसी नामक एपबाट करोडौ रकम अनलाइन ठगी, बाजुरामा मात्र १ करोड बढी ठगी

बाजुरा— बाजुरा लगायत धेरै जिल्लामा एसएमसी नामक एपबाट करोडौ रकम ठगी भएको खुल्न आएको छ । ६ महिना यता यो अनलाइन ठगी चलिरहेको बुझिएको छ । एक हप्ता यता उक्त एप चल्न छोडेपछि बल्ल ठगी भएको खुल्न आएको हाे ।

गैरकानुनी रुपमा अनलाइन मार्फत लाखौ रकम कमाइ हुने भन्दै एसएमसी एपबाट लाखौ रुपैयाँ उठाइएको पाईएको छ । बिभिन्न प्रभोलन देखाएर रकम ठगी गरेको पाईएको छ । बाजुरा जिल्लामा झण्डै १ करोड बढी ठगि भएको हुन सक्ने स्थानिय किशोर पौडेलले बताएका छन् । राम्रो आर्थिक कमाइ हुने भन्दै उक्त एप मोवाइलमा खोल्न लगाउदै लगानी गरिरहेका थिए, तर अहिले आएर ठगी भएको बल्ल थाहा भएको किशोर पौडेलले बताएका छन् ।
May be an image of text

छिटो पैसा कमाउन सकिने तथा रिफरल गरेर थप बोनस समेत पाउने जस्ता प्रलोभन देखाउने गरेका थिए । खाता रिचार्ज गर्नुपर्ने, कर तिनुपर्ने जस्ता बाहानामा ठगी गर्ने गरेका थिए । अनलाइनबाट ठगीएका एकजनाका अनुसार नेपालमा १५ लाख बढी सदस्य यसमा जोडिएको बताएका छन् ।

राम्रो कमाइ हुने भन्दै क्याम्पसका प्राध्यापक, शिक्षक, कर्मचारी, व्यापारी तथा समाजमा जान्नेमान्ने भनिएकाले उक्त अनलाइन व्यापार भन्दै सोझा साझालाई ठगी गरिहेको खुल्न आएको छ । उनीहरुले राम्रो कमाइ हुने भन्दै ग्राहक बनाउने गरेको स्थानियले बताएका छन् । उक्त एप खोलेर पैसा लगानी गरेपछि एजेन्टलाइ कमिसन आउनुका साथै पद समेत बढने गरेको पाईएको छ । बिभिन्न बिधि अपनाएर नाफा हुने भन्दै लगानि गर्न लगाउने गरेका थिए । सुरु सुरुमा कमिशन आउने गरेको थियो, अहिले धेरैको रकम अनलाइन ठगी भइसकेपछि उक्त एप नचल्ने गरेको पाईएको छ । उक्त एप चलाउने व्यक्ति पनि सम्पर्क नरहेको बुझिएको छ ।
बाजुराका गाउँगाउँमा अनलाइन व्यापार भन्दै कर्मचारी, जनप्रतिनिधि, शिक्षक पुगेर ठगी भइरहेको बडिमालिका ४ का वडा अध्यक्ष अर्जुन नाथले बताएका छन् । आफले यस्तोमा नलाग्ने भनेको थिए, तर धेरै यसमा पैसा लगानि गरे अहिले ठगेको भन्दै गुनासो आइरहेको बताएका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले पनि अनलाइन ठगी भइरहेको सचेत रहने समेत सार्वजनिक सूचना जारी गरेको छ ।
याे पनि हेर्नुहाेस् । 

चर्चामा

सम्बन्धित समाचार