• होमपेज
  • राजनीति
  • एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

  • शनिबार, कार्तिक २३, २०८२
एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् । क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्नेमा उनले जोड दिए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘हामी चाहन्छौ, हामी बनाउँछौँ– सबैको सम्मान र आत्माग़ौरव युक्त एमाले , सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले ।’

पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गरेको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध हुन उनले अपिल समेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार