
बाजुरा —सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराले आफ्नो ७ औँ स्थापना दिवस बिहीवार सदरमुकाम स्थित चौराटा गुल्ममा विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका सहायक बाहिनी पति बरिष्ट उपरीक्षक बिरेन्द्र बहादुर ऐरको प्रमुख आथित्यतामा संचालन भएको स्थापना दिवस कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, नेपाली सेना ईश्वरी बक्स गुल्मका गुल्म पति कृष्ण तिमिल्सेना, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख सुमन कुमार भण्डारी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक माधव प्रसाद भट्ट रहेका थिए । त्यसै गरि पत्रकार महासघका अध्यक्ष पदम सिंह, पूर्व अध्यक्ष प्रकाश सिंह, दयाराम पण्डित लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका सहायक बाहिनी पति बरिष्ट उपरीक्षक बिरेन्द्र बहादुर ऐरले परिवर्तित सन्दर्भमा चुनौती पनि थपिँदै जाने भन्दै सशस्त्र प्रहरी जस्तो सुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनु पर्नेमा जोड दिए ।
उनले प्राप्त उपलब्धीको रक्षा गर्दै आगामी दिनमा सङ्गठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्य पथमा लाग्न निर्देशन दिएका थिए ।
बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले स्थापना दिवसको शुभकामना दिएका थिए भने सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक खडक बहादुर शाहीले गुल्मले गरेका काम र स्थापना दिवसमा सहभागी प्रमुख अतिथि अतिथिहरुलाई स्वागत तथा धन्यबाद दिएका थिए । कार्यक्रममा विभिन्न पदमा जिम्मेवारी रही बर्ष भरी उत्कृष्ट काम गरेका कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशंसा पत्र पाउनेमा मदन बोहरा, भोज बहादुर चौधरी, भोबिन्द राज जैशी रहेका छन् ।
त्यसै गरी बार्षिक उत्सवको अवरमा हतियार ह्यान्डिलिङ, दुई माई दौड हाजिर जबाफ प्रतियोगिता लगाएका खेलहरु संचालन गरिएका थिए । खेलमा प्रथम दितिय हुनेहरुलाई प्रशसा पत्र प्रदा गरिएको थियो । बार्षिक उत्सव कार्यक्रममा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान र अन्य कर्मचारीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
