शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

  • बुधबार, कार्तिक ६, २०८२
आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ। विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै एकाध स्थानमा हिमपातको सम्भावना रहेकाले पछिल्लो मौसमी जानकारी लिन महाशाखाले आग्रह गरेको छ। यसैगरी आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने विभागले जनाएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार