शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा, बाजुरामा नयाँ ३ जना इन्स्पेक्टर आउँदै (सूचीसहित)

एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा, बाजुरामा नयाँ ३ जना इन्स्पेक्टर आउँदै (सूचीसहित)

  • बुधबार, अशोज २९, २०८२
एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा, बाजुरामा नयाँ ३ जना इन्स्पेक्टर आउँदै (सूचीसहित)

बाजुरा— नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ । असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी निरीक्षक देव बहादुर चाैधरी, जनक बहादुर बाेहरा र इलाका प्रहरी कार्यालय बुढीनन्दामा कार्यरत प्रहरी निरीक्षक लाेकराज अवस्थीकाे पनि सरुवा भएकाे छ । चाैधरीकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र अवस्थीकाे जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा भएकाे हाे । प्रहरी निरीक्षक चाैधरी जिल्लामा आएकाे डेढ बर्ष भइसकेकाे छ भने अवस्थी जिल्लामा आएकाे एक बर्ष पुगेकाे छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत जनक बहादुर बाेहरा एक बर्ष बसेर यसअघि नै काजमा धनगढी गइसकेका छन् । हाल उनकाे सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा सरुवा भएकाे जनाएकाे छ ।

प्रहरी प्रधान कार्यालय सरुवा सम्वन्धी सूचनाअनुसार बाजुरामा ३ जना नयाँ इन्स्पेक्टर आउने भएका छन् । जिल्ला प्रहरी कार्यालयमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र डाेटीबाट गगनसि‍ह भाट र जिल्ला ट्राफिक प्रहरी कार्यालय महाेत्तरीबाट लक्ष्मी राज जाेशी आउने भएका छन् ।  त्यस्तै इलाका प्रहरी कार्यालय बुढीनन्दामा जिल्ला प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर गाेविन्दप्रसाद भण्डारी आउने भएका छन् ।

अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यस्तै अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।

यस्ताे छ सूची ।

चर्चामा

सम्बन्धित समाचार