
बाजुरा – बाजुरामा गएराति भूकम्पको धक्का महसुस भएको छ । गएराति १ बजेर ८ मिनेटमा भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति बझाङको दान्तोला क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको जनाएकाे छ ।
मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । भूकम्पको धक्का बाजुरासहित बझाङ लगायत छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो । हालसम्म भूकम्पका कारण क्षति भएको कुनै विवरण प्राप्त हुन सकेकाे छैन् ।
