शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी

  • सोमवार, अशोज २७, २०८२
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी

काठमाडौं — इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विध्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले जानकारी दिए । सञ्चार मध्यमसँग टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन ईज नो मोर भने ।’

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।

विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएन ।

चर्चामा

सम्बन्धित समाचार