आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • देश
  • त्रिभुवनेस्वरी माबि छतारामा निशुल्क अध्यापन अनुमति पत्र तयारी कक्षा संचालन हुदै

त्रिभुवनेस्वरी माबि छतारामा निशुल्क अध्यापन अनुमति पत्र तयारी कक्षा संचालन हुदै

  • आइतवार, अशोज १२, २०८२
त्रिभुवनेस्वरी माबि छतारामा  निशुल्क अध्यापन अनुमति पत्र तयारी कक्षा संचालन हुदै

बाजुरा– अछाम र बाजुराका निमावि अध्यापन अनुमति पत्रका इच्छुक विद्यार्थीका लागि निशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ। त्रिभुवनेश्वरि माध्यमिक विद्यालय, छतारामा सञ्चालन हुने यस कक्षामा सहभागी विद्यार्थीहरूले महँगो शुल्क तिर्नुपर्ने बाध्यताबाट छुट पाउने भएका छन्। बिध्यालयमा कार्यरत शिक्षकले आफ्ना अनुभव र सीपलाई विद्यार्थीहरूलाई सेवा भावका साथ उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि सारेका हुन्। शिक्षक टेक बहादुर शाहीका अनुसार पैसा कमाउने भन्दा सेवा गर्ने र भावी शिक्षकलाई दक्ष बनाउन योगदान पुर्‍याउने लक्ष्य लिइएको बताएका छन।

कक्षा सञ्चालनका लागि केही सर्तहरू तोकिएका छन्। तयारी कक्षा पूर्णतया निशुल्क हुने भए पनि स्टेशनरी र नमुना परीक्षाका लागि मासिक रु. २०० शुल्क लाग्नेछ। विद्यार्थीहरूले भौतिक रुपमा अनिवार्य उपस्थित हुनुपर्नेछ भने विशेष कारणबाहेक अनुपस्थित रहन पाइने छैन। बिहान र साँझ गरी दुई सिफ्टमा कक्षा सञ्चालन हुने शाहीले बताएका छन।

कक्षा सहज र प्रभावकारी बनाउन योग्य तथा दक्ष शिक्षकहरूको सहयोग लिइने आयोजकले बताएका छन्। निर्धारित सर्तहरूको पालना गर्ने विद्यार्थीलाई शतप्रतिशत नतिजाको ग्यारेन्टी गरिने समेत उल्लेख गरिएको छ। कक्षा सञ्चालनका लागि कम्तीमा १० जना विद्यार्थीको सहभागिता हुनुपर्ने र १० दिनभित्र सम्पर्क गर्नुपर्ने उनले बताएका छन।

सहभागी विद्यार्थीहरूले पुस्तक किन्नुपर्ने छैन। तर, स्वस्फूर्त रूपमा पढ्ने इच्छा राख्ने र शिक्षक पेशालाई सम्मान गर्ने विद्यार्थीले मात्र सम्पर्क गर्नुपर्ने शर्त राखिएको छ। यसबाहेक, अध्यापन अनुमति पत्रमा सफल हुने विद्यार्थीलाई भविष्यमा शिक्षक सेवा आयोगको परीक्षाका लागि पनि निशुल्क तयारी कक्षा उपलब्ध गराइने आयोजकले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार