शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद्‌ले गरेको निर्णय सबै क्षेत्रमा लागू हुन्छ: अर्थमन्त्री

आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद्‌ले गरेको निर्णय सबै क्षेत्रमा लागू हुन्छ: अर्थमन्त्री

  • बुधबार, अशोज ८, २०८२
आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद्‌ले गरेको निर्णय सबै क्षेत्रमा लागू हुन्छ: अर्थमन्त्री

विराटनगर— अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा गरिएका निर्णय सबै क्षेत्रमा लागू हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी विभिन्न निर्णय गरेको थियो । ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालयको आज निरीक्षण गर्दै उहाँले सो जानकारी दिएका हुन् ।

सो अवसरमा मन्त्री खनाललाई सो कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरेका थिए। मन्त्री खनालले निरीक्षण गरिरहनुभएका समयमा कर्मचारीहरुले सवारीसाधन राख्न बनाइएको टहराबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार