
बाजुरा— नेपाली कांग्रेस भित्र विशेष महाधिवेशन हुनुपर्ने वा नहुने भन्ने विषयमा बाजुराबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू पक्ष र बिपक्षमा देखीएका छन । जेन जेट आन्दालेन पश्चात बाजुराबाट महाधिबेशन प्रतिनीधीमा गएका बिच बिषेश महाधिबेसनको बहस सुरु भएको पाईन्छ । जिल्लाबाट चयन भएका २५ जना महाधिवेशन प्रतिनिधिमध्ये १७ जना विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा उभिएका छन् भने ८ जना विपक्षमा रहेर आन्तरिक बहस सुरु भएकाे पाइएकाे छ ।
नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लािग पुनर्गठन गर्नुपर्ने भन्दै परिवर्तनका लागि तत्काल विशेष महाधिवेशनको मिति तय गर्न माग गरिएको अवस्थामा बाजुराबाट पनि बिषेश महाधिबेशनको पक्षमा रहने प्रतिनिधीको सख्या बढि रहेको पाईएको छ । विशेष महाधिवेशनबाट नेतृत्व, संरचना, पार्टीको विचार र पार्टीका नीतिहरु समय सापेक्ष पुनर्व्याख्या गरी पुनर्संशोधन गरी नेतृत्व बदल्न पनि माग गरिएको छ । यदि त्यसो नगरी विशेष महाधिवेशनलाई टारेर जान खोजियो भने वैधानिक बाटोबाट देशभरका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर पनि विशेष महाधिवेशन बोलाउन सकिने महाधिबेशन प्रतिनीधीहरुले बताउने गरेका छन । विषम राजनीतिक परिवेशमा कांग्रेस पुनगर्ठनका लागि नियमित महाधिवेशन गर्ने समय पनि नभएकाले विशेष महाधिवेशन गरेर ताजा जनादेश लिएर मात्र फागुन २१ गतेको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन ।
बिषेश महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका १७ जना प्रतिनिधिहरूमा जनक गिरि, योगेन्द्र रावल, पदम गिरि, कमल बुढा, अनोज गिरि, मान बहादुर रावल, रिता शाही, जुना दानी, हर्क खडायत, रिता सिंह, गोबिन्द मल्ल, सुनिता गुरुङ, कर्ण बहादुर थापा, राधिका सुनार, सुभद्रा पाण्डे, रमेश बिक र पदम नेपाली रहेकाे नेपाली काग्रेसका एक नेताले बताए ।
त्यसै गरि बिषेश महाधिवेशन आवश्यक नरहेको भन्ने पक्षमा पदम शाही, देवराज जोशी, महा नेपाली, धनराज पण्डित, बिधा तिमिल्सिना, राधिका सिंह, कविता बिष्ट र सुमन केशी रहेका बुझिएकाे छ। विशेष महाधिवेशन हुनुपर्ने पक्षमा रहेका प्रतिनिधिहरूको धारणा अनुसार पार्टीमा बढ्दो असन्तुलन, आन्तरिक गुटबन्दी र नेतृत्वप्रतिको असन्तोष समाधान गर्न महाधिवेशन अपरिहार्य रहेको बताएका छन ।
उनीहरूको भनाइमा, लोकतान्त्रिक पार्टीमा नेतृत्त्व परिवर्तन वा पुनःनिर्वाचन मार्फत नयाँ जनादेश लिनु पार्टीलाई बलियो बनाउने बाटो रहेको बताउछन । बाजुराका प्रतिनिधिहरूमध्ये धेरैले केन्द्रीय नेतृत्वले कार्यकर्ता तथा आम सदस्यताप्रतिको असन्तोष बुझ्न नसकेको, निर्णय प्रक्रियामा तल्लो तहलाई बेवास्ता गरिएको र पार्टीले वैकल्पिक मार्ग देखाउन नसकेको भन्दै विशेष महाधिवेशन जरुरी ठानेका छन्।
