आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाचार
  • सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू

सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू

  • शनिबार, भदौ २८, २०८२
सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू

नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो।

सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ।

सुरक्षाका लागि भनेर सेनाले नियन्त्रणमा लिएकाहरुको मोबाइल चलाउन रोक लगाएको थियो । तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो। आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।

चर्चामा

सम्बन्धित समाचार