शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय युवा संघ बाजुराले भन्यो– देश र लोकतन्त्र रक्षा गर्न फेरी एकपटक उठ्छौं

राष्ट्रिय युवा संघ बाजुराले भन्यो– देश र लोकतन्त्र रक्षा गर्न फेरी एकपटक उठ्छौं

  • बिहिबार, भदौ २६, २०८२
राष्ट्रिय युवा संघ बाजुराले भन्यो– देश र लोकतन्त्र रक्षा गर्न फेरी एकपटक उठ्छौं

बाजुरा—नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले देश र लोकतन्त्र रक्षा गर्न अब उठ्नु पर्ने बताएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै लोकतन्त्र रक्षाका लागि एकपटक फेरी उठ्नु पर्ने बताएको हो ।

राष्ट्रिय युवा संघ बाजुराका संयोजक बिस्न बहादुर कार्कीद्धारा हस्ताक्षरित जारी विज्ञप्तिमार्फत लोकतन्त्र र देश रक्षा गर्न एकपटक उठ्ने भन्दै यो आन्दोलनलाई साथ दिन समेत अपील गरेको छ ।

त्यस्तै, जेनजी युवाहरुले नेपाललाई सुशासन, भ्रष्टाचारमुक्त बनाउनुपर्ने माग उठाएर गरेको शान्तिपूर्ण आन्दोलनमा समर्थन समेत जनाएको छ । राष्ट्रिय युवा संघ जिल्ला कमिटीले आन्दोलनको नाममा भएका अपराधिक घटनाको छानविन गरी दोषिलाई कारबाहीको माग गरेको छ । जेनजीको नेतृत्वमा भएको आन्दोलनमा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

त्यसैगरी, अहिले आन्दोलनपछि सरकार गठन गर्न भइरहेका विभिन्न घटनाहरुले देश र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भएको राष्ट्रिय युवा संघ जिल्ला कमिटीको ठहर छ । देश र संविधान रक्षा गर्ने बेला आपसमा विभाजन हुनु हुदैन र कसैप्रति लक्षित गरिनु हुन्न भन्नेमा सचेत रहेको जनाएको छ ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार