शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको प्रष्टीकरण- कर्ण थापाकाे फरक मत राेकेकाे हाेइन, समूहगत छलफलमा लैजानुस् भनेका हाैं

एमालेको प्रष्टीकरण- कर्ण थापाकाे फरक मत राेकेकाे हाेइन, समूहगत छलफलमा लैजानुस् भनेका हाैं

  • शनिबार, भदौ २१, २०८२
एमालेको प्रष्टीकरण- कर्ण थापाकाे फरक मत राेकेकाे हाेइन, समूहगत छलफलमा लैजानुस् भनेका हाैं

काठमाडौं — नेकपा एमालेले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न नरोकेको दाबी गरेको छ । फरक मत विधान महाधिवेशनमा वाचन गर्ने दिने भनिएपनि आज रोकिएको थियो ।

तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यसबारेमा भने, ‘उहाँले फरक मत बाँडिराख्नुभएको छ । सबै साथीहरूलाई दिइराख्नुभएको थियो । उहाँले फरक मत राख्छु भनेर तल हलबाट समय माग्नुभयो । तपाईँको फरक मतको डकुमेन्ट आइसकेको छ, हामीले हेरिसक्यौँ, अब समूहगत छलफलमा लैजानुस् भन्यौँ त्यो उहाँले स्वीकारिसक्नुभयो ।’

उनले बहुमत अल्पमतको कुरा नभएको भन्दै थापाले स्वीकारेर समूहगत छलफलमा लगेको बताए ।

उनले थपे, ‘हामीले छलफल नै नगर्नुस् भनेको होइनौँ। छलफलबाट वञ्चित गरिएको छैन । समूहगत छलफल गरेर लेर आउनुस् भनेका छौँ। उहाँको विचार राख्न रोकिएको छैन । तर उहाँले प्रस्तुति नगर्नुभएको मात्रै हो ।’

उनले अध्यक्षले आग्रह स्वीकारेको वाचन नगरेको जिकिर गरे ।

चर्चामा

सम्बन्धित समाचार